spot_img

बसिरको बबाल ब्याटिङ तर उपाधि कुवेतलाई

हङकङमा भएको टी २० सिरिजको फाइनलमा नेपाल पराजित भएको छ ।

बसिर अहमदको साहसिक ब्याटिङलाई पन्छाउँदै कुवेत उपाधि जित्न सफल भयो ।

कुवेतले नेपाललाई १७५ रनको टारगेट दिएको थियो ।

नेपालले खराब ब्याटिङ गर्दै ९२ रनमा आठ विकेट गुमाइसकेको थियो ।

हारको नजिक पुगिसकेको टिमलाई बसिरले १० औं नम्बरमा आएका नन्दन यादवको सहयोगमा चामत्कारिक उद्दार गर्दै जित नजिक पुर्याएका थिए ।

बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाए ।

तर, अन्तिममा उनी चुके ।

नेपाललाई अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको थियो । पहिलो बल नो बल भयो र त्यसमा बसिरले छक्का हाने ।

एक बलमा सात रन आएपछि नेपाललाई ५ बलमा ४ रन मात्र चाहिएको थियो ।

नेपाली दर्शकले सेलिब्रेसन गर्न थालिसकेका थिए ।

तर, त्यसपछिका दुई बल डट खेलेर बसिर प्रेसरमा आए ।

तेस्रो बललाई छक्का हान्न खोज्दा उनी क्याच आउट भए ।

र उपाधि कुवेतले उचाल्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular