हङकङमा भइरहेको चार देशीय टी-२० सिरिजमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।
शनिबार घरेलु टोली (हङकङ) सँगको खेल पानी परेपछि रद्द भएको थियो ।
हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाउँदा पानी परेको थियो ।
पानी परेपछि खेल रोकियो ।
पानी पर्न नरोकिएपछि खेल रद्द गरियो ।
नेपाल र हङकङले एक एक अंक बाँडे ।
नेपाल
३ खेलबाट ५ अंक ।
फाइनलमा पुग्यो ।
कुवेत
३ खेलबाट ४ अंक ।
कुवेतले पनि फाइनलमा ।
हङकङ
३ खेलबाट ३ अंक
उपाधि भिडन्त
आइतबार नेपाल र कुवेत उपाधि जित्नको लागि खेल्नेछन् ।
तेस्रो स्थानका लागि हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् ।