तीनकुने क्षेत्र तनावग्रस्त बन्दैछ । त्यहाँ राजावादी समर्थकहरू र प्रहरीबीच मुठभेडको अवस्था सिर्जना भएको छ ।उनीहरूलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको छ । नियन्त्रणमा लिइएकाको परिचय खुलाइएको छैन ।
यसअघि पनि उनीहरू ‘निषेध क्षेत्र’ तोडेर अघि बढ्न खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो ।