spot_img

वीरगन्ज : कर्फ्यू तोडियो, हरिन्द्रलाई गोली लाग्यो

वीरगन्जको छपकैयाको तनाव कर्फ्यूले पनि रोक्न सकेन ।

दिनभरको तनाव, झडप, तोडफोड र आगजनीपछि पनि माहोल शान्त भएको छैन ।

हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा आगजनी, तोडफोड र झडप भएपछि कर्फ्यू लगाइएको थियो ।

कर्फ्यू आदेशपछि अवस्था शान्त हुन्छ भन्ने प्रशासनले सोचेको थियो ।

तर त्यस्तो भएन ।

दुई समुदायबीच हिंसा नभड्कियोस् भनेर कर्फ्यू लगाइएको थियो ।

साँझ ६:३० देखि आइतबार दिउँको १२ बजेसम्म कर्फ्यू आदेश जारी थियो ।

कर्फ्यूमा पनि प्रदर्शन नरोकिएपछि सेना परिचालन गरिएको छ ।

कर्फ्यू पालना गराउने क्रममा प्रहरीले आफूसँग भएको बन्दुक निकाल्यो ।

गोली हान्यो ।

गोली लागेर एक जना वृद्ध घाइते भएका छन् ।

स्थानीय हरिन्द्र राउत अहिरको हातमा गोली लागेको छ ।

हरिन्द्रको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

झडपमा १२ जना सर्वसाधारण, १५ जना प्रहरी र ८ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

गौतम मिश्र पनि घाइते भएका छन् । उनी पर्साका प्रहरी प्रमुख एसपी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular