काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ।
औद्योगिक क्षेत्रको एक प्लाष्टिक उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
आगो नियन्त्रणका लागि पाँच वटा दमकल पुगेका छन् ।
एयरपोर्टको दमकल बोलाइयो
आगलागीको रफ्तार अत्यधिक भएका कारण सामान्य दमकलबाट नियन्त्रणमा आउने सम्भावना कम छ ।
त्यसैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अत्यधिक प्रज्ज्वलनशील आगो नियन्त्रण गर्ने दमकल बालाजु गएको प्रहरीले जनाएको छ ।
उक्त दमकल विमानमा आगलागी भएको अवस्था नियन्त्रण गर्न एयरपोर्टमा स्ट्यान्डबाई राखिएको थियो ।
प्लाष्टिक कारखानामा केमिकलयुक्त पदार्थ बढी भएका कारण आगो नियन्त्रणमा ल्याउन कठिन भएको हो ।
अहिलेसम्म मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।