बुटवलबाट पाल्पा जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरिएको छ ।
तिनाउ गाउँपालिका-३ अन्तर्गत बुटवल-पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिक खसेको पहिरोले कार पुरेको हो ।
पाल्पाको भैरवस्थान गइरहेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार पहिरोमा परेर पूर्ण क्षति भएको छ ।
कारमा रहेका चालक र यात्रु भने सकुसल रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई सामान्य अवस्थाबाट उद्दार गरिएको थियो ।
एकतर्फी बाटो खुल्यो
पहिरोको खसेपछि यातायात रोकिएको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा खुलेको छ ।
सडकमा पहिरो खसेको र कल्भर्टमा टिपर फसेका कारण यातायात आवागमन रोकिएको थियो ।
बिहान चार बजेतिर पहिरो खसेको थियो ।