spot_img

दुर्गा प्रसाईं १२ दिन हिरासतमा, उपचारको प्रबन्ध !

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

आज बिहान झापाबाट पक्राउ परेका प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो ।

प्रहरीले माग गरेको १२ दिनको अनुसन्धान अवधिलाई जिल्ला अदालतले मिलान गरेको हो ।

सोही अनुसार अदालतले म्याद थपेको जिल्ला प्रहरी प्रवक्ता अपिलराज बोहराले बताए ।

चैत १५ गतेको राजावादी प्रदर्शनको क्रममा प्रहरीलाई नै किच्ने गरी गाडी चलाएर भिडलाई उत्तेजित पारेलगत्तै उनी फरार थिए ।

बडिगार्ड पनि १२ दिन हिरासतमा

प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

रवीन्द्र-धवल पनि हिरासतमै

यसअघि गत २६ चैतमा सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।

उनीहरूसँगै म्याद मिलान गर्नका लागि १२ दिनको म्याद थप गर्नका लागि प्रहरीले समय समय मागेको हो ।

भारतबाट पक्राउ परेका भनिएका प्रसाईंलाई आजै जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।

उपचारको प्रबन्ध

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले प्रसाईं क्यान्सरको बिरामी भएका कारण इजलासबाट सम्बन्धित चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गर्न आदेश भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular