अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा रहेका सबै ६ जनाको ज्यान गएको छ।
बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो।
न्युयोर्क सिटीका मेयर एरिक एडम्सले भने –
-दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन बालबालिका र तीन जना वयस्कको ज्यान गएको छ।
-उनीहरूको शव निकालिएको छ।
-हाम्रो समवेदना पीडित परिवारप्रति छ।
न्युयोर्क सिटी फायर डिपार्टमेन्टका अनुसार दिउँसो करीब ३:१५ बजे वेस्ट ह्युस्टन स्ट्रिट र वेस्ट स्ट्रिट नजिक पियर ४० को आसपास हेलिकोप्टर दुर्घटना भएको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा बेल २०६ मोडेलको हेलिकोप्टर दुर्घटनापछि पल्टिएको देखिन्छ, र केहीबेरमा पूरै पानीमा डुबेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने –
-हडसन नदीमा भएको हेलिकोप्टर दुर्घटना निकै भयावह छ।
-पाइलट, दुई वयस्क र तीन बालबालिकासहित ६ जनाको ज्यान गएको छ।
-दुर्घटनाको भिडियो निकै पीडादायक छ।
-पीडित परिवारप्रति हाम्रो प्रार्थना छ।