spot_img

IPL : चेन्नईको कप्तानी धोनीले गर्ने

आईपीएल २०२५ को बाँकी सिजनका लागि चेन्नई सुपर किङ्सको कप्तानी फेरि महेन्द्र सिंह धोनीले सम्हाल्ने भएका छन् ।

कप्तान ऋतुराज गायकवाड घाइते भएपछि धोनीले फेरि नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् ।

गायक्वाड कुहिनोमा चोट लागेर प्रतियोगिताबाट बाहिरिएका हुन् ।

मार्च ३० मा राजस्थान रोयल्सविरुद्ध गुवाहाटीमा खेल्दा अर्ली शट खेल्ने क्रममा बल मिस गरेपछि बल सिधै अनकभर भएको कुहिनोमा लागेको थियो ।

चोट लागेपनि उनले त्यस खेलमा ब्याटिङ जारी राख्दै ६३ रन जोडेका थिए ।

त्यसपछि पनि उनले दुई खेल खेले, जहाँ अप्रिल ५ मा दिल्ली क्यापिटल्सविरुद्ध चेन्नईमा ५ रन बनाए भने अप्रिल ८ मा पञ्जाब किंग्सविरुद्ध मुल्लापुरमा मात्र १ रनमा आउट भए ।

गायक्वाड शुक्रबार कोलकाता नाइट राइडर्सविरुद्धको घरेलु खेलअघि अन्तिम घडीमा प्रतियोगिताबाट बाहिरिन बाध्य भए ।

यो चेन्नईका लागि ठूलो धक्का हो, किनभने टोलीले पहिलो पाँच खेलमध्ये चारमा हार बेहोरेको छ ।

अहिले अंक तालिकामा चेन्नई नवौं स्थानमा छ, सनराइजर्स हैदराबादभन्दा माथि मात्र ।

अब बाँकी खेलमा धोनीको कप्तानीमा चेन्नई पुनः लयमा फर्कन प्रयास गर्नेछ ।

४३ वर्षीय धोनीको कप्तानीमा चेन्नईले पाँचपटक उपाधि जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular