spot_img

२०८१ मा बढी कमाउने चार फिल्म

वि.सं. २०८१ मा चार वटा नेपाली फिल्मले १० करोडभन्दा माथिको व्यवसाय गर्न सफल भएका छन् ।

चलचित्र बिकास बोर्डले सार्वजनिक गरेको ५९ प्रदर्शित फिल्मको बक्स अफिस रिपोर्टमा चार फिल्म १० करोडभन्दा बढी व्यवसाय गर्न सफल देखिएका हुन् ।

१. पूर्ण बहादुरको सारङ्गी

१० करोडभन्दा माथि कमाई गर्ने चार फिल्मको लिस्टमा सबैभन्दा अगाडि ‘पूर्ण बहादुरको सारङ्गी’ छ ।

फिल्मले नेपाली हलबाट ६० करोडभन्दा माथिको ग्रस कलेक्शन गरेको छ ।

२. १२ गाउँ

दोस्रो नम्बरमा फिल्म ‘१२ गाउँ’ देखिएको छ ।

१२ गाउँले १९ करोड ९२ लाख भन्दा बढी कमाएको छ ।

निर्माण युनिटले भने फिल्मको आम्दानी २६ करोडभन्दा बढी भएको भनेको थियो ।

३. छक्का पन्जा ५

त्यस्तै १० करोडभन्दा बढी कमाउने फिल्मको तेस्रो नम्बरमा ‘छक्का पन्जा ५’ छ ।

छक्का पन्जा ५ ले घरेलु बक्स अफिसमा १५ करोड भन्दा माथिको कमाई गरेको छ ।

४. बोक्सीको घर

चौथो नम्बरमा ‘बोक्सीको घर’ रहेको छ ।

बोक्सीको घरले १० करोड २ लाख कमाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular