spot_img

‘ज्ञानेन्द्रलाई जति धोएपनि संवैधानिक राजा बनाउन सकिँदैन’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजावादीहरूलाई अब संवैधानिक राजाको एजेण्डा लिएर देशको समय खेर नफाल्न आग्रह गरेका छन् ।

कांग्रेसको दोस्रो प्रदेश सम्मेलनलाई सम्बाधेन गर्दै नेपालको राजा कसैले जति सफा गरेर धोयो भनेपनि संवैधानिक बनाउन नसक्ने बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासमा हुँदा त देशमा उत्पात मच्याएको भन्दै यस्तो व्यक्तिलाई संवैधानिक राजा बनाउन नसकिने उनले बताए ।

उनले भने-

-कांग्रेसले लामो अनुभवपछि यो निष्कर्षमा पुगेको हो ।

-निर्मल निवासमा हुँदा त यस्तो उत्पात मच्यायो, कहाँ भएको दुर्गा प्रसाईंलाई खोजेर ल्याएर, हाम्रो क्षेत्रमा बस्नुहुन्छ नवराज सुवेदी उहाँले त मलाई पनि भोट हाल्नुभयो होला जस्तो लाग्छ ।

-सुतेर बसेको उहाँलाई, अस्तिसम्म राजालाई गाली गरेर, किताब लेख्दैथे अस्तिसम्म खोजेर ल्याएर, निर्मल निवासमा बस्दा त यस्तो छ अहिले नारायणहिटीमा भए के गर्थे होलान् ।

-नेपाली जनताले छानेका प्रतिनिधिहरू देश चलाउन सक्षम छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular