राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतको आदेशलाई सम्मान गर्दै कानूनले दिएको अधिकार प्रयोग गर्ने बताएका छन् ।
आज कारागार चलान हुनुअघि उनले तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो अदालत जाने जनाउ दिए ।
रविले भने –
-न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु ।
-तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुनेछन् ।
-पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिन मेरो आग्रह छ ।
-सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्, अभियानलाई जनताको बीचमा पुर्याउनुस् ।
-ममाथि राजनीतिक प्रतिशोध भएको छ ।
-पालो सबैको आउँछ । यो परीक्षाको पहिलो विद्यार्थी म भएँ ।
-मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ ।