spot_img

राजाकालमा नेपालीले सोच्नै पाएनन्: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले सोच्न थालेकै राणा र राजा शासनपछि मात्रै भएको बताएका छन् । नेपालीले राणा र राजाकालमा विचार गर्नै नपाएको भन्दै प्रधानमन्त्री ओलीले संविधान बनाउने संक्रमणकालमा आएको फरकपना नेपालीले विचार गर्न पाएको समयको सामान्य कुरा भएको बताए ।

राणा जस्तै शाहको शासन पनि जहानियाँ र घराना भएको भन्दै ओलीले उनीहरुले देश होइन, आफ्नोबारेमा मात्र सोचेको बताए ।

उनले भने, ‘त्यस्तो शासनले गर्दा नेपाल गरिब भयो ।’

काठमाडौंमा आयोजित ‘हिमालयन डाइलग’को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिले आदर्श कम र स्वार्थ धेरै हावी भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular