spot_img

शिक्षकका माग सम्बोधन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले सरकारसँग आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न माग गरेको छ।

कांग्रेसका केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिह महरले विज्ञप्ति जारी गर्दै विगतमा भएको सहमतिलाई आधार मानी विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि शिक्षक महासंघसँग यसअघि भएको सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीर्ष वार्ता संवादको पहल थाल्न माग गर्छु।’

आन्दोलनको क्रममा नेपाल शिक्षक संघले घोषणा गरेको शैक्षिक आम हडतालका कारणले विद्यालयहरूमा पठनपाठन समेत प्रभावित भएको उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular