spot_img

प्रतिनिधिसभाको बैठक सर्‍यो

प्रतिनिधिसभाको बैठक सरेको छ । बैठक शुक्रबार दिउँसो १:१५ बजे बस्ने गरी सारिएको सभामुखको सचिवालयले जनाएको छ । यसअघि, बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, विपक्षी दलहरूको अडानका कारण बैठक बस्न सकेको थिए । सदन चलाउने विषयमा सहमति जुटाउन सभामुख देवराज घिमिरेले शीर्ष दलका प्रमुख सचेतकसँग छलफल गरेका छन् । तर, सहमति जुट्न सकेको छैन । विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान लिएपछि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular