spot_img

राजावादी समूह बानेश्वरतर्फ अघि बढेपछि  ‘धकेलाधकेल’

काठमाडौँको तीनकुनेबाट पुर्व राजा समर्थकहरू बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले रोकेको छ । ब्यारिकेड तोडेर अघि बढ्न खोजेपछि प्रदर्शनकारीहरूलाई रोकिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । 

संसद् भवनतर्फ आउन खोजेपछि रोक्ने क्रममा प्रहरी र पूर्वराजा समर्थहरुको बिचमा ‘धकेलाधकेल’ भएको छ । प्रहरीले शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ लाई स्थानीय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular