spot_img

पोलमा बाँधेर शिलामाथि कुटपिट

दाङको घोराही १० निबासी २६ वर्षीया शिला चौधरीमाथी निर्घात कुटपिट भएको छ ।

घोराही ११ चागुका गोपाल चौधरीका श्रीमतीले शिलालाई मरणासन्न हुने गरि कुटपिट गरेकी हुन् ।

अमानवीय तरिकाले भएको कुटपिटको घटनालाई घोराही ११ का वडा अध्यक्ष कुलबहादुर लामिछानेकै पहलमा बाहिर मिलापत्र गरि नारायण प्रहरी चौकिमा प्रहरीकै उपस्थितिमा कागज गरेका थिए ।

केही महिला अधिकारकर्मीले महिलामाथी मरणासन्न हुने गरि कुटपिट घटना पैसामा गुपचुपमा मिलाउन खोजेको भन्दै दबाबमा गरिएको मिलापत्र खारेज गरेर मुद्दा चलाउन माग गरे ।

जिल्ला प्रहरी कार्यालय दाङले घटना गम्भिरतापुर्बक नलिएपछि नारायण प्रहरी चौकीले राजनीतिक दबाबका कारण जिल्लामा घटना बारे रिपोर्टिङ नगरेर कागजी मिलापत्र गरेर पठाएपछि अहिले महिला अधिकारकर्मीहरुको पहलमा प्रहरी कार्यालयमा घटना मुद्धा दर्ता गरिएको छ ।

अधिकारकर्मी खुमा खड्काले महिलालाई अत्यन्तै तल्लोस्तरमा दुर्व्यवहार गरिएकाले न्याय दिनका लागि प्रहरी कार्यालयमा पहल गरिएको बताइन् ।

उनका अनुसार हाल पिडकलाई कारबाहीको माग गर्दै अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको छ ।

पीडित शिलालाई गोपालले साँझ आफ्नो घरमा बोलाएको बेला उनकी श्रीमती समेतका व्यक्तिले घरभित्र कुटपिट गरि लछारपछार गरी बाहिर बिजुलीको पोलमा डोरीले बाँधेर मरणासन्न हुने गरि कुटपिट गरेको बताइएको छ ।

६१ हजार रुपैयाँ पीडितलाई दिई मिलापत्र गरिएको घटनामा सो रकम फिर्ता गरी मुद्दा दर्ता गरिएको पीडित पक्षको दाबी छ ।

(समाचार : नेपालप्रेसबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular