spot_img

पीएम कपको उपाधिका लागि आर्मी-पुलिस भिड्ने

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रीकेटको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

भैरहवामा बिहीबार भएको खेलमा पुलिसलाई ४ विकेटले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पुलिसले यसअघि नै फाइनलमा स्थान पक्का गरेको थियो ।

योसंगै पुलिसले लिग चरणमा पहिलो हार बेहोरेको छ ।

दुवै टोलीले समान १६ अंक जोड्दै फाइनलमा पुगेका हुन् ।

फाइनल शनिबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular