नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले रहर गर्दैमा गणतन्त्र नजाने बताएका छन् ।
जनताको प्रत्यक्ष सहभागितामा संविधानसभामार्फत् गणतन्त्र आएकाले कसैले रहर गर्दैमा नहट्ने उनको भनाइ छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित कार्यक्रममा सभापति देउवाले भने-
-हामी सबैले लडेर यो व्यवस्था ल्याएका हौं ।
-जनताको इच्छाअनुसार संविधानसभामार्फत गणतन्त्र आएको हो ।
-कसैले रहर गरेर हुने कुरा छैन, गणतन्त्र हट्नेवाला छैन ।
-कसैले आशा नगरे हुन्छ ।
-अहिलेको संविधानमा हिमाल, पहाड, तराईका सबै जनता अटाउने, समावेशी, समानुपातिक प्रतिनिधित्व छ, यस्तो व्यवस्था हट्न सक्दैन ।
-बीपी कोइरालाले जनतालाई अधिकार सम्पन्न बनाउने अठोट गर्दै आन्दोलन अघि बढाए ।
-सो आन्दोलनमा गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई हुँदै गिरिजाप्रसाद कोइरालालगायत सबै लडेर नेपालमा अहिलेको व्यवस्था आएको हाे ।
-बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका सबै साथी भाइहरू लडेर हामीले अहिलेको व्यवस्था ल्याएका छौं ।
-लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएका छौं । कसैले रहर गरेर हुनेकुरा छैन ।