प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेको आरोप लगाएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै विपक्षीलाई हल्का र उत्ताउलो नहुने सुुझाव दिए ।
एमाले अध्यक्ष ओलीले कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गर्न युवा संघलाई निर्देशन दिए ।
उनले भने –
-उहाँहरु देशलाई अगाडि बढ्न नदिने कोसिस गरिराख्नुभएको छ ।
-कानून पास गर्न नदिनको लागि एउटा बाहना संसद अवरुद्ध गरिराख्नुभएको छ।
-सबैलाई थाहा छ,१८ गतेभित्र अध्यादेशलाई प्रतिस्थापन विधेयकहरु पारित भएनन् भने कानून बन्दैनन्, कानूनको रूपमा जाँदैन फेरि अर्को विधेयकको रूपमा जानुपर्ला।
-त्यो कुरा बुझेर काम हुन नदिनको लागि यो खेल भइरहेको छ, हामीले बुझेका छौं ।
-किसान र सुकुमवासीको समस्या समाधान हुन नदिनको लागि म प्रतिपक्षलाई आग्रह गर्छु यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरू ।
-प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्। के गर्न कता हिँड्नुभएको थियो। कहाँ आइपुग्नुभयो त्यो पनि देखेका छौं ।
-कोही चिहानमा गाडेको नलीखुट्टा निकालेर फेरी लगाउँदै हिँडेका छन् ।
-कोही आफ्नो असफलता, पीडा र कुण्ठाहरू बोकेर हिँडेका छन्, त्यो हामीले बुझेका छौं ।
-यस्ता क्रियाकलाप नदेखाउनुस्, तपाईंहरु आखिर चिसै पानीले नुहाउनुपर्छ ।
-हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।