spot_img

ललित : प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी

नेपाल पुलिस क्लबका ललित राजवंशी प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो बलर बनेका छन् ।

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कपअन्तर्गत कर्णाली प्रदेशविरुद्ध ६ विकेट लिएसँगै ललितले १०० विकेटको आँकडा पूरा गरेका हुन् ।

उनले ४२ खेलको ४० इनिङमा १०० विकेट पूरा गरेका हुन् । १ हजार १३ रन खर्चिएका उनले ४५ मेडन ओभर गरेका छन् ।

जारी प्रधानमन्त्री कपमा मात्रै ललितले ३६ विकेट लिएका छन् । उनले यो सिजनमा ८ खेल खेलेका छन् ।

पीएम कपमा सर्वाधिक विकेट लिनेको सूचीको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लबका शाहब आलम छन् ।

उनले ४८ खेलको ४६ इनिङमा ९९ विकेट लिएका छन् । तेस्रो नम्बरमा रहेका शेर मल्लले ६९ विकेट लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular