spot_img

एसियन कप छनोटमा नेपाल मलेसियासँग पराजित

एएफसी एसियन कप छनोट चरण अन्तर्गत समूह ‘एफ’को पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।

मलेसियामा भएको खेलमा नेपाल घरेलु टोलीसँग २-० ले पराजित भएको हो ।

मलेसियाको जितमा हेक्टर हेभल र लाभेर कर्बिन-अंगले एक-एक गोल गरे ।

खेलको २९औं मिनेटमा हेभलले गोल गर्दै मलेसियालाई पहिलो अग्रता लिएको थियो ।

७१औं मिनेटमा लाभेरले गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाएका थिए ।

छनोट चरणको समूह ‘एफ’ रहेको नेपालले पहिलो खेलमै हार बेहोरेको हो ।

उक्त समूहमा नेपाल, मलेसियासहित भियतनाम र लाओस छन् ।

समूहको शीर्षस्थानमा रहने टोलीले एसियन कप खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular