spot_img

आन्दोलनमा होमियो राप्रपा, २६ गते प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्णरुपमा आन्दोलनमा होमिने भएको छ ।

आज बसेको आन्दोलन मुल समितिको बैठकले वैशाख ७ बाट निरन्तर राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङदेनले बताए ।

राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको समर्थन तथा संघीयताको विरोधमा जुन समूहले शान्तिपूर्ण आन्दोलन गरे पनि त्यसलाई समर्थन जनाउने निस्कर्ष निकालेको छ ।

यस्तै, पार्टीका आन्दोलनलाई बेग्लै अगाडि बढाइने लिङदेनले जानकारी दिए ।

जसअनुसार २६ गते काठमाडौंमा बाग्मती प्रदेशस्तरीय सभा र प्रदर्शन आयोजना गरिने छ ।

१५ गतेको प्रदर्शनबारे बेग्लै निर्णय नगरिएको लिङदेनले बताए ।

उनले भने, ‘आजबाट राप्रपा पूर्णरुपमा आन्दोलनमा होमियो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular