spot_img

कुलमान बर्खास्तिपछि प्रधानमन्त्री ओलीको टिप्पणी

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति भइरहेको विरोधलाई लिएर असन्तुष्टी प्रकट गरेका छन् ।

तीललाई पहाड बनाउन खोजिएको उनको टिप्पणी छ । आज एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीले भने –

-ससाना कुराहरुलाई तीलको पहाड बनाएर, त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ ।

-अहिले पनि एउटा सानो त्यान्द्रो पाएजस्तो लाग्यो केही मान्छेलाई ।

-खुब उफ्रिराख्या छन् ।

-के-के न पायौं भनेर, इस्यू भेटियो भनेर कुदिराख्या छन् ।

-हिजैदेखि सुरु छ वक्तव्यबाजी ।

-यही मौका हो, यही त्यान्द्रो, यही डोरीलाई नाग बनाउनुपर्छ भनेर कुद्या छन् । केही अर्थ छैन ।

-हामीले देश र जनताको हितका लागि काम गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular