spot_img

बालेनले भने- टुकुचामा गाडदिन्छु

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगरका सरसफाइ कर्मचारीले एक हप्ताभित्र तलब नपाए सबैलाई टुकुचामा गाडिदिने भनेका छन् ।

मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमा महानगरका सरसफाइ कर्मचारीले एक हप्ताभित्र तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु भनेका छन् ।

सरकारको दम्भका कारण सरसफाइ कर्मचारीले तीन महिनादेखि तलब नपाएको मेयर बालेनको उल्लेख गरेका छन् ।

बालेनले ठ्याक्कै यस्तो लेखेका छन् – काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !
को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !
त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular