मुस्कानलाई बलिउड स्टार बरुण धवन र कृति सेननको म्यासेज, कोच राजुले भेटे (भिडियो)

ENTERTAINMENT
Spread the love

काठमाडौं । वीरगञ्जमा एसिड प्रहार गरिएकी १५ बर्षीया मुस्कान खातुनलाई बलिउड अभिनेता वरुण धवनले भिडियो म्यासेज पठाएका छन् ।

साथै, बलिउड अभिनेत्री कृति सेननले मुस्कानसँग भिडियो कुराकानी गरेकी छिन् ।

वरुणले आफूलाई कृति सेननमार्फत् मुस्कानबारे थाहा भएको जनाएका छन् । बरुणले मुस्कानलाई शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । मुस्कार ठिक भएर पुनः स्कुल गएको आफूले हेर्न चाहेको उनले बताएका छन् । अध्ययनलाई निरन्तरता दिन उनले मुस्कानलाइृ आग्रह सेमत गरेका छन् । राम्रोसँग पढेर मेहनत गरेर अभिभावकलाई गौरवान्ति बनाउन बरुणले आग्रह गरेका छन् । आफूसँग भेट्न आउन समेत बरुणले आग्रह गरेका छन् ।

यसैबीच, भारतीय अभिनेत्री कृति सेननले मुस्कानसँग गरेको भिडियो निर्देशक जुनैद मेमोनले सार्वजनिक गरेका छन् । भिडियो सेयर गर्दै उनले लेखेका छन्, ‘मेहबुब स्टुडियोबाट कृति सेननले उनलाई भिडियोकल गरिरहेकी छिन् भनेर मुस्कानलाई थाहा भएपछिको उनको प्रतिक्रिया अमुल्य छ । उनको जीवनमा नयाँ ऊर्जा सुचारु भएको थियो, आफूलाई मनपर्ने नायिकाले भिडियो कलमार्फत् उनीसँग कुरा गरिरहेको देखेपछि उनी बेडबाट झण्डै हाम फालेकी थिइन् ।’

यस्तै जुनैदले वरुणको भिडियो मेसेज पनि सेयर गरेर लेखेका छन्, ‘कृति सेननमार्फत् आफ्नो डाइहार्ड फ्यानबारे थाहा पाएपछि वरुणले तत्काल भिडियो बनाएर समाजसेवी उज्वल विक्रम थापा मार्फत् मुस्कानलाई पठाए । त्यो मनोभाव बयान गर्न सकिँदैन ।

मुस्कानमाथि गत भदौ २० गते वीरगञ्ज नगरपालिका – ६ गणेशमान चोकमा एसिड प्रहार भएको थियो । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छप्कैया बस्ने १६ वर्षका सम्साद मिया र माजिद आलमले एसिड प्रहार गरेका हुन् ।

प्रेम प्रस्ताव अस्वीकार गरेको रिसमा मुस्कानमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । मुस्कानको दाहिने गाला, छाती र हात जलेको छ । हाल उनी अस्पतालमा उपचाररत छिन् ।

राजु लामाले भेटे

https://www.facebook.com/cectvnepal/videos/394624544789039/

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच राजु लामाले एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनलाई भेटेका छन् । मुस्कान गायक राजु लामाको फ्यान हुन् । कीर्तिपुर अस्पतालमा पुगेर राजुले मुस्कानलाई भेटेका हुन् ।

आफूलाई मन पर्ने गायक आफ्नो अगाडी देख्दा मुस्कान निकै खुशी भएकी थिइन् । मुस्कानसँगको भेटमा राजुले १२ वर्ष अघि गाएको ‘तिमीलाई देखेर हिमाल हाँसेको’ बोलको गीत गाएर सुनाएका थिए ।

पीडामा रहेकी मुस्कानलाई हौसला प्रदान गर्नका लागि अस्पताल पुगेर मुस्कानलाई भेटेको राजुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *