ह्याकरले फेरि चोरे दुई करोड रुपैयाँ

अर्थतन्त्र
60 Shares

काठमाडौं । चिनियाँ ह्याकरले बैंकको एटिएममार्फत पैसा चोरी गरेको काण्ड सेलाउन नपाउँदै नेपाल प्रहरीले फेरि तीन जना ह्याकरलाई पक्राउ गरेको छ ।

कृषि विकास बैंकको करिब २ करोड रुपैयाँ ह्याक गरी निकाल्दा–निकाल्दै प्रहरीले उनीहरुलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।

उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको रकम लुट्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेकाहरुको नाम गोप्य राखेको छ । आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले यसअघि चिनियाँ ह्याकरको समूहले झण्डै २ करोड रुपैयाँ विभिन्न बैंकबाट ह्याक गरी निकाल्दै गर्दा पक्राउ गरेको थियो।

जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए। २ चिनियाँ भने अझै फरार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *