भोक लागेमा बानेश्वरको ‘सफा कान्तिपुर टिफिन होम’ जाउँ

स्वास्थ्य/जीवनशैली
261 Shares

काठमाडौं । काठमाडौंको मुटु नयाँ बानेश्वर सधैं भिडभाड हुने स्थान हो । बानेश्वरमा विद्यार्थी, अफिस कर्मचारी तथा सपिङ गर्नेको निकै भिड लाग्ने गर्दछ ।

यसैबीच, बानेश्वरका हरेक स्थानमा विभिन्न खालका रेस्टुरेन्टहरु सञ्चालन हुने क्रम बढिरहेको छ । रेस्टुरेन्टको संख्या बढि नै छ । रेस्टुरेन्टबीच प्रतिस्पर्धा पनि उत्तिकै छ । यही भीडमा काठमाडौंवासीलाई विभिन्न स्वादिला परिकार तथा नयाँ परिकार खुवाउने उदेश्यले नयाँ बानेश्वर चोकनजिकै एक रेस्टुरेन्ट सञ्चालनमा छ, ‘सफा कान्तिपुर टिफिन होम’ ।

सफा, ताजा र स्वदिला विभिन्न परिकारमार्फत तपाइँले ‘सफा कान्तिपुर टिफिन होम’मा आफ्नो भोक मेटाउन सक्नुहुनेछ ।

यस रेस्टुरेन्टको विशेषता भनेको सफा, ताजा र स्वादिलो स्वाद नै हो । यस रेस्टुरेन्टको अर्को मुख्य विशेषता हो, सुपथ मूल्य । विभिन्न परिकार तपाइँले सुपथ मूल्यमा खान सक्नुहुनेछ ।

ओखलढुंगा र भक्तपुरका दुई जाँगरिला युवा बेदबहादुर तामाङ (अनिल) र अमर बहादुर थापाले ‘सफा कान्तिपुर टिफिन होम’  सञ्चालन गरेका हुन् । रेस्टुरेन्ट क्षेत्रमा विगत १३ बर्षदेखि अनुभव हाँसिल गरेका यी दुई युवाले रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

रेस्टुरेन्टमा मम, चाउमिन, खाजा सेट, फ्राइ राइस, ससेज, ड्रम स्टिक लगायत अन्य विविध परिकार उपलब्ध छन् ।

साथै यस रेस्टुरेन्टमा फ्री अफिस डेलिभरीको समेत सुविधा छ । अफिसमा कुनै सेमिनार, गोष्ठी तथा अन्य विविध कार्यक्रम भएमा तपाइँले खाजाको अर्डर समेत दिन सक्नुहुन्छ । कान्तिपुर टिफिनको सम्पर्क नम्बर हो, ०१ ४७८५३०४ ।

विभिन्न परिकारका मिठो स्वाद लिन तपाइँ पनि जाने कि कान्तिपुर टिफीन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *