ठगी मुद्दामा फरार बिमला बानेश्वरमा पक्राउ

समाज
32 Shares

काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा फरार भएकी एकजना अभियुक्तलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका १० की विमला थापालाई सीआईबीको टोलीले आइतबार नयाँ वानेश्वरको थापागाउँबाट पक्राउ गरेको हो ।

सरिताकुमारी सापकोटाको जाहेरीमा विमलालाई वैदेशिक रोजगार न्यायाधीकरणले ०७४ असार २६ गते एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार फैसला सुनाएको थियो ।

पक्राउ परेकी विमलालाई सोमबार जिल्ला अदालतमार्फत कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *