प्ले ब्वाईमा राजु लामाको कन्सर्ट

मनोरञ्जन
1K Shares

काठमाडौं । चर्चित गायक द मंगोलियन हार्टका भोकलिस्ट (गायक) राजु लामाले शनिबार आफ्नो प्रस्तुति (कन्सर्ट) दिने भएका छन् ।

गायक राजु लामा चर्चित सिंङगिङ रियालिटी शो द भ्वाइस अफ नेपालका कोच समेत हुन् ।

राजधानीको मुटु ठमेलस्थित छाया कम्प्लेक्समा रहेको “प्ले ब्वाई लाउन्ज एण्ड क्लब” मा गायक लामाले आफ्नो ब्याण्डको साथमा सांगीतिक प्रस्तुती दिने भएका हुन् ।

आधुनिक हाइड्रोलिक डिजे सेसनका साथ भब्य रुपमा कार्यक्रम आयोजना हुने क्लबले जनाएको छ ।

शनिबार साँझ ८ बजे देखि सुरु हुने कार्यक्रमको लागि अग्रिम टिकट तथा टेबल बुकिङ्ग खुल्ला गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *