अस्पतालमा यसरी मर्छन् बेवारिसे बिरामीहरु

Breaking
67 Shares

सुनसरी । शनिवार दिउँसो १ बजे धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब ४० वर्षका ज्युँदो मानिस देखिए ।

उनको कम्मर मुनिको भागमा हरिया ठूला झिँगा र किरा थिए । बाहिरबाट हरियाली र विशाल देखिने एसियामै नाम चलेको अस्पतालको इमर्जेन्सी ब्लक पुरै दुर्गन्धित थियो।

विगत १५ दिन देखि मृत्यु पर्खिरहेको एउटा बेवारिसे शरीर थियो । शनिवार १ बजेसम्म चलमल गर्न नसक्ने तर नजिकै बाट सास फेर्दा शरीर हल्का हल्लिरहेको थियो । किराले खाँदै गरेको दृश्य बेलाबेला अस्पताल आएकाहरुले हेर्ने गर्थे । तर, कसैले पनि छुने र चलाउने आँट गर्न नसक्ने अवस्था थियो ।

बेवारिसे बिरामीको गन्धको कारण इमरजेन्सीमा आफन्त कुर्न आएका निरोगी मान्छे पनि रोगी हुने स्थिति थियो । नाम र ठेगाना पत्ता नलागेकोले स्याउँस्याउँती किरा परे पनि प्रतिष्ठानले उनको उपचार गरेन । बरु उनी बाहिर आएर सुते । सुतेकै अवस्थामा शनिवार केलुकी ५ बजे तिर उनको मृत्यु भयो । बेवारिसे मृत व्यक्ति मात्र हैन अस्पतालमा भएका बेवारिसे बिरामीको अवस्था पनि उस्तै छ ।

केही दिन अगाडी सम्म नारायण नाम बताउने बेवारिसे बिरामीको अर्थ विभागमा उपचार भइरहेको थियो । उनको पुनः खुट्टा भाच्चीएर हलचल गर्न नसक्ने भए । उनी पनि अस्पतालमा बेवारिसे बने । तर, डाक्टर देवराज घिमिरेले आफ्नो पहलमा नारायणको खुट्टाको अपरेसन गराइदिए ।

प्रतिष्ठानको इमर्जेन्सी वार्डको ड्युटीमा रहेका प्रहरी जवान मणिकुमार गिरी अधिकांश बेवारिसे बिरामीहरू उपचार र हेरचाह नपाएर अकालमा मर्ने गरेको बताउँछन् ।

‘बेवारिसे बिरामीलाई सामाजिक सङ्घसंस्था तथा विभिन्न मानिसहरुले ल्याएर छाड्ने गर्छन्’ प्रहरी जवान गिरीले भने, ‘अस्पतालमा छाडेर गएपछि उनीहरुलाई हेर्न आउने खासै हुँदैनन्, अस्पताल प्रशासनले पनि गम्भीर रुपमा लिदैन र अन्त्यमा उनीहरु मर्न बाध्य हुन्छन् ।’

नारायणसँगै अर्का एक बेवारिसे बिरामीको पनि इमरजेन्सी कक्षमै उपचार भइरहेको छ । केही बोल्न र हलचल समेत गर्न नसक्ने उनी पनि मृत्यु कुरेर बसिरहेका छन् । छालाभित्र हड्डी मात्र देखीने उनले सामान्य स्लाईन पानी बाहेक अन्य औषधि पाउन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *