एभरेष्ट इन्जिनियरिङ कलेजमा प्रोजेक्ट प्रदर्शनी तथा प्राविधिक प्रतिष्पर्धा

समाचार
0 Shares

ललितपुर । ललितपुरमा रहेको एभरेस्ट इन्जिनियरिङ कलेजले प्रोजेक्ट प्रदर्शनी तथा प्राविधिक प्रतिष्पर्धा-आरोहन (Aarohan 1.0) आयोजना गरेको छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ललितपुर महानगरपालिका-२, सानेपा स्थित प्रांगणमा १९ र २० गते प्रोजेक्ट प्रदर्शनी तथा प्राविधिक प्रतिष्पर्धा-आरोहन गरेको हो । कलेजले प्रत्येक वर्ष कार्यक्रम गर्दै आएको छ ।

प्रदर्शनीको पहिलो दिन (भाद्र १९ गते) पोखरा विश्वविद्यालयका निमित्त उपकुलपति बुद्धिराज जोशीले उद्घाटन गर्नु गरेका थिए ।

कार्यक्रम लाई सम्बोधन गर्दै जोशीले कलेज तथा विश्वविद्यालयबाट आयोजना हुने यस्ता कार्यक्रमले विद्यार्थीले नियमित कोर्षमा सिकेका ज्ञान तथा सीपलाई व्यवहारिक जीवनमा उतार्न सहज हुने बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै पोखरा विश्वविद्यालयबाट सम्बधन प्राप्त कलेजहरुको संस्था ओपनका अध्यक्ष नवराज पाण्डेले कलेज तथा विश्वविद्यालयले यस्ता कार्यक्रमबाट नयाँ ज्ञान तथा सीप बिकाश हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कलेजका प्राचार्य ई. उमेश प्रसाद थानी तथा प्रमुख कार्यकारी अधिकृत अरुण कुमार भण्डारीले कलेजले विद्यार्थीको ज्ञान तथा सीप वृद्धिका लागि यस्ता कार्यक्रम नियमित रुपमा आयोजना गरिरहेको बताए ।

कार्यक्रममा विभिन्न कलेजका प्राचार्य तथा निर्देशकले शुभकामना दिएका थिए । प्रोजेक्ट प्रदर्शनी तथा प्राविधिक प्रतिष्पर्धामा देशका विभिन्न इन्जिनियरिङ कलेज तथा अन्य शैक्षिक संस्थाको सहभगिता छ ।

विभिन्न प्रोजेक्ट प्रदर्शनीका साथै Robo Race, Robo battlae, Robo Soccer, Hardware competition, Software competition, Hackathon, Rapid codding, Logic Battle, Civil Model, Earthquake resistance building design र Log house लगायतका विधाहरुमा पचास भन्दा बढी समूह बिच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *