नेपालमा पहिलोपटक ड्रोनबाट थ्रिडी नक्साङकन

समाचार
319 Shares

धादिङ । स्मार्ट सिटी निर्माणको लागि अहिलेको नविनतम प्रविधि थ्रिडीमा धादिङको मलेखुबाट नक्साङकन सुरु हुने भएको छ।

दुई स्वायर किलोमिटर क्षेत्रमा ड्रोनबाट लिईने तस्बिरहरुलाई सफ्टवेयरमार्फत थ्रिडीमा हेर्न सकिने यो प्रविधि मार्फत शहरको निर्माणलाई कम्प्युटरबाटै सम्बन्धित स्थलमा नगई योजना बनाउन सकिनेछ ।

त्यस्तै ईन्जिनियरहरुले यसैलाई सडक निर्माण, पुल, बत्तीलगायत स्मार्ट सिटीको डिपीआर निर्माण तथा जग्गा कित्ताकाटका कामहरु पनि फिल्डमा नगई गर्न सक्नेछन् ।

एयर लिफ्ट टेक्नोलोजीले नेपालमा पहिलो पटक गर्न लागेको ड्रोन नक्साङकन सांसद भुमी त्रिपाठीको पहलमा धादिङबाट सुरु हुन लागेको हो ।

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मलेखुबाट सुरुहुने ड्रोन म्यापीङको प्रभावकारीता हेरि छिट्टै जिल्लाका अन्य ठाउँमा पनि सुरु गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *