पोखरा । एएच इन्टरटेनमेन्ट प्रालिको निर्माणमा नेपाली कथानाक चलचित्र गुञ्जन निर्माण हुने भएको छ ।
आज पोखराको विन्दवासिनी मन्दिरमा चलचित्र गुञ्जनको शुभ मुहूर्त गरी छायाँकन समेत सुरु गरिएको छ ।
प्रेमकथामा आधारित चलचित्र गुञ्जनलाई अष्टमान महर्जनले निर्देशन गर्न लोगका हुन् ।
विगत लामो समयदेखि नेपाली तथा विदेशी चलचित्रमा द्वन्द्व निर्देशन गर्दै आएका महर्जनले निर्देशन गर्न लागेको चलचित्रलाई चर्चिच छायाँकार राजेश श्रेष्ठले छायांकन गर्नेछन् ।
चलचित्रमा सरोज खनाल, हिउवाला गौतम, सारा सिरपाली, प्रितमराज सेञ्चुरी, रोहन शाही, कविर खड्कालगायतको मुख्य अभिनय रहने छ ।
चलचित्र गुञ्जनलाई हिराकृष्ण शाहीले प्रस्तुत गरेका हुन् भने सुनिता शाहीले निर्माण गरेकी हुन् ।
महेश दवाडीको कथा, पटकथा र संवाद रहेको चलचित्र गुञ्जनमा कविराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ ।
चलचित्रको गीतमा बानिका प्रधान, अस्मिता अधिकारीर निशान् भट्टराईको आवाज रहने बताइएको छ ।