‘नाडा अटो शो’मा थाइल्याण्डको जिपिएक्स रेसिङको बाइक

अर्थतन्त्र
16 Shares

काठमाडौं । जिपिएक्स रेसिङ थाइल्याण्डको एक अटो मोवाइल कम्पनी हो । कम्पनीले विभिन्न मोडलका बाइकहरु उत्पादन गर्दै आइरहेको छ ।

यो कम्पनीको बाइक नेपाली बजामा पनि भित्रिएको छ । ओमेगा मोटोकार्प प्रालिले यस ब्रान्डको बाइन नेपाली बजारमा भित्राएको हो ।

सन् २०१७ मा उक्त कम्पनीको तीन अलग अलग मोडलको बाइक नेपाली बजारमा लन्ज भएको थियो । जिपिएक्स लिजेन्ट जेन्टलमेन २०० सिसी, जिपिएक्स लिजेन्ट २०० सिसी, र जिपिएक्स दानव १५० सिसीको बाइक नेपालमा लन्च गरिएको थियो ।

थाइल्याण्डको जिपिएक्स कम्पनीले नेपालमा आयोजना हुँदै आएको नाडा अटो शोमा आधिकारीका रुपमा पहिलो पटक (यस बर्ष) सहभागीता जनाएको छ । साथै कम्पनीले नेपाली बजारमा थप नयाँ मोडलका बाइकहरु भित्र्याएको छ । नाडा अटो शो काठमाडौंको भृकुटिमण्डपमा आज (मंगलबार) देखि शुरु भएको छ ।

कम्पनीको नयाँ मोडलका बाइकहरुमा जिपिएक्स रेजर २२०, जिपिएक्स लिजेन्ट जेन्टलमेन रेसर २०० र जिपिएक्स लिजेन्ट रेसर २०० (सिसी) रहेका छन् ।

नेपालको परिवेश सुहाउने खालको बाइक उत्पादन गरेको कम्पनीले जानकारी दिएको छ । साथै काठमाडौंको विभिन्न स्थानमा स्वरुम राखिने र पाटपुर्जाको अभाव हुन नदिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *