रविलाई यस्ता गतिविधि गर्न रोक

समाचार
70 Shares

काठमाडौं । शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे कार्यक्रम चलाउन नपाउने भएका छन् ।

जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ ।

अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ ।

रविले के-के गर्न पाउँदैनन् ?

रवि आफूखुसी विदेश यात्रामा जान पाउने छैनन् । अदालतको अनुमतिमा मात्र रवि विदेश जान पाउने आदेश छ ।

रविले यो मुद्दाबारे आफ्नो टेलिभिजन कार्यक्रम चलाउन पाउने छैनन् ।

रविले सार्वजनिक कार्यक्रमसमेत गर्न पाउने छैनन् । अदालतको अनुमतिमा लामिछानेले यूटुब टेलिफोन वा अन्य सञ्चार माध्यमबाट शालिकराम मृत्यु प्रकरण र यस मुद्दासम्बन्धी कुनै कार्यक्रम चलाउन नपाउने गरी फैसला भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *