डा. देवराजद्वारा विद्यार्थीलाई पोशाक वितरण

समाज
264 Shares

काठमाडौं । इटहरी उपमहानगरपालिका ३ मा रहेको सिंहदेवी आधारभुत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

लायन्स क्लब अफ काठमाडौं बुढीगण्डकी र कैलाश ग्रुप अफ नेपालले संयुक्त रुपमा विद्यार्थीलाई विद्यालय पोशाक निशुल्क वितरण गरेको हो ।

पोशाक वितरण गर्दै चिकित्सक तथा युवा अभियन्ता डा. देवराज घिमिरेले अब पैसाको अभावमा कोही पनि शिक्षाको उज्यालो ज्योतिबाट वञ्चित हुन नपर्ने बताए ।

आफ्नो सानो सहयोगले विद्यार्थीको भविष्य उज्जवल हुने हुँदा आफूलाई निकै खुशी लागेको उनले बताए ।

उक्त विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीलाई विद्यालय पोशा वितरण गरिएको हो ।

यसैबीच, धनकुटा तमोर कोशीको किनारमा रहेको विश्रान्ती वृद्धाश्रममा ४० जना वृद्ध वृद्धाको स्वास्थ्य परीक्षण गरिएको छ ।

स्वास्थ्य परीक्षणपछि उनीहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *