यसरी बन्दैछ नयाँ बानेश्वरमा आकाशे पुल

Breaking
62 Shares
  • वेदबहादुर तामाङ (अनिल)

काठमाडौं । काठमडौंको व्यस्त चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण हुने भएको छ ।

सडक विभागले आकाशे पुल (स्काई ब्रिज पुल) को निर्माण कार्य सुरु गरेको हो ।

सवारी चालक र पैदल यात्रुको समस्यालाई मध्यनजर गर्दै विभागले नयाँ बानेश्वर चोक र कोटेश्वर चोकमा आकाशे पुल निर्माण सुरु गरेको हो ।

विभागले पहिलो चरणमा बानेश्वरमा र दास्रो चरणमा कोटेश्वरमा आकाशे पुल निर्माण गर्ने जनाएको छ । निर्माणको जिम्मा डिभिजन सडक कार्यालय काठमाडौंले पाएको छ ।

निर्माण गर्न लागिएको आकाशे पुलमा ढलान गरेको नभई स्पातको बन्नेछ । पछि केही समस्या आएमा यस पुललाई अन्य ठाउँमा समेत लगेर पुनः प्रयोग गर्न सकिनेछ । आकाशे पुलको लम्बाई ३८ मिटर चौलाई र चौडाई तीन मिटर रहनेछ ।

डिभिजन सडक कार्यलय काठमाडौंका अनुसार बोलपत्र आहृवान गरी गत वर्ष चैतमा प्राकृतिक पवन जेभी कम्पनीसँग सम्झौता भएको हो ।

दुई करोड २५ लाखको लागतमा बन्न लागेको आकाशे पुल आगामी पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न गरी विभागलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको प्राकृतिक पवन जेभी कम्पनीका प्रमुख पवन श्रेष्ठले जानकारी दिए ।

नयाँ बानेश्वर चोकमा बन्न लागेको आकाशे पुलको दुवैतिर अहिले पायलिङको काम भइरहेको सुपर भाइजर अनुप प्रधानले बताए ।

नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण हुँदै

नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण हुँदैhttps://postmandu.com/news/9865/

Posted by CEC tv nepal – Post Mandu on Saturday, 24 August 2019

कोटेश्वरमा अवरोध

काठमाडौंको व्यस्त चोक मध्यको अर्को चोक कोटेश्वर चोकमा गत वैशाखदेखि आकाशे पुल निर्माण गर्ने तयारी थियो । तर त्यहाँ केही स्थानीयको विरोधपछि निर्माण कार्य अवरोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *