के पारस कानुनभन्दा माथि छन् ? (भिडियो)

समाचार
38 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्वोधन गर्नेक्रममा राजावादीहरुलाई बेमौसमको बाजा नबजाउन भनेका थिए । तर, प्रधानमन्त्रीले चिहानको हड्डी फुकेर राजसंस्था फर्कँदैन भनेकै दिन त्रिभुवन विमानस्थलभित्र एक राष्ट्रसेवक प्रहरीले पूर्वयुवराज पारश शाहबाट धक्का र अपमान व्यहोर्नुपर्‍यो ।

पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका एक प्रहरीलाई सार्वजनिकस्थलमै दुर्व्यवहार गरेका हुन् । उनले बर्दीमा रहेका प्रहरी नायब निरीक्षकलाई छातीमा धक्का दिएर विमानस्थलको सुरक्षा व्यवस्थालाई गिज्याएका छन् ।

पारसले विमानस्थलभित्र छिर्ने क्रममा वायाँ हातले प्रहरीलाई धकेलेका थिए । उनको धक्कापछि प्रहरी दुई कदम पछाडि हुत्तिए । प्रहरीलाई धलेकेपछि पारस रातो कार्पेट टेक्दै अगाडि बढे । उनले अलिकति अगाडि बढेर प्रहरीतर्फ फर्केर हेरे । र, फेरि जंगिँदै फर्किए ।

प्रहरीलाई दोस्रोचोटि झम्टँदा छोरा हृदयेन्द्रले आफ्ना पितालाई हातमा समातेर रोक्ने प्रयास गरे । त्यसपछि उनी वीचैबाट फर्केर चोर औंला देखाउँदै विमानस्थलको दोस्रो गेटतर्फ लागे ।

आमा कोमल शाहलाई बैंककका लागि विदाई गर्न पारस आइतबार सपरिवार विमानस्थल पुगेका थिए । पारससँगै छोरा हृदयेन्द्र, बहिनी प्रेरणा र भान्जा पार्थक सिंह पनि विमानस्थल गएका थिए ।

पूर्वराजपरिवारका सदस्यहरु विमानस्थल पुग्दा ज्ञानेन्द्र र कोमलको तस्वीर अंकित टि(शर्ट लगाएका युवाले विमानस्थल परिसरमै राजतन्त्रको पक्षमा नारा घन्काएका थिए । प्रहरीले पूर्वराजपरिवारका सदस्यलाई नारा लगाउने व्यक्ति ठानेर भित्र जानेबेलामा रोक्न खोज्दा पारसले बर्दीवाल प्रहरीलाई छातीमा धकेलेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *