प्रेमिकाको सलको पासो लगाएर प्रहरी जवानले गरे आत्महत्या

समाज
28 Shares

काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भुमा कार्यरत प्रहरी जवान शंकर ठगुन्नाले झुण्डिएर आत्महत्या गरेका छन् ।

दार्चुला स्थायी घर भएका प्रहरी जवान शंकर ठूलो भर्‍याङमा बस्ने एक महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका थिए । उनी गएराति मृत अवस्थामा भेटिएका हुन् ।

स्वयम्भू वृत्तका प्रमुख डीएसपी लालध्वज सुवेदीले प्रहरी जवान शंकरले सलको पासो लगाएर झ्यालको रडमा झुण्डिएर आत्महत्या गरेको बताए ।

प्रहरीका अनुसार, उनीहरु डेढ वर्षदेखि लिभिङ टुगेदरमा थिए ।

प्रहरीले सोधपुछका लागि ३० बर्षीया महिलालाई नियन्त्रणमा लिएको छ ।

सामान्य विषयमा विवाद हुँदा शंकरले पासो लगाएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

शंकरलाई रोक्न खोज्दा मुक्का हानेर आफूलाई लडाएको र केही बेर आफू वेहोश भएको उक्त महिलाले प्रहरीसमक्ष बयान दिएकी छिन् । पछि आफू उठ्दा शंकर पासोमा झुन्डिएको अवस्थामा देखेर प्रहरीलाई फोन गरेको उनले बताएकी छिन् ।

शनिबार राति १० बजेतिर रक्सी सेवन गरेर शंकर प्रेमिकाको कोठामा पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अफिसबाट छुट्टी हुनेबित्तिकै शंकर प्रेमिकाको कोठामा बस्न जाने गर्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *