रवि लामिछानेसहित तीन जना पक्राउ, अब के हुन्छ ?

समाज
28 Shares

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने पक्राउ परेका छन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएका लामिछानेसहित युवराज कंडेल समेत पक्राउ परेका हुन् । यही प्रकरणमा अस्मिता कार्की समेत पक्राउ परेकी छिन् ।

नेपाल प्रहरीको टोलीले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको हो । घटनामा संलग्न भनिएका तीनै जनालाई थप अनुसन्धानका लागि चितवन लैजाने छ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरण

शालिकराम पुडासैनी आत्महत्या अगाडिको सनसनीपूर्ण भिडियो | रवि लामिछानले दिएका थिए यातना !भिडियो : 'नेपालआज'बाट

Posted by CEC tv nepal on Wednesday, August 14, 2019

रविलाई न्यूज २४ को कार्यालय पानीपोखरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरलाई बताए ।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो ।

गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।

पुडासैनीको सोही भिडियो वयानका आधारमा प्रहरीले रवि लामिछाने र युवराज कँडेललाई समातेको हो । लामिछाने, कँडेल र कार्की आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका हुन् ।

साउन २२ गते दिउँसो ३ः३० बजे होटलको २०२ नम्बर कोठामा गएका उनलाई होटलवालाले राति खान खान बोलाउँदा चुकुल नखोलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी मृत भेटिएका थिए ।

रवि लामिछानेलाई पक्राउ गर्नुअघि प्रहरीले पुडासैनीको भिडियो प्रहरी प्रधान कार्यालयमा मगाएर परीक्षण गरेको थियो ।

नर्स अस्मिता पनि समातिइन्

यसैवीच प्रहरीले रवि लामिछानेलाई पक्राउ गर्नुपूर्व विहीबार अपरान्ह एक अस्पतालमा कार्यरत नर्स ओखलढुंगा घर भएकी रुकु भनिने अस्मिता कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएको छ । ती नर्सलाई पक्राउ गरिएको नभएर ‘संरक्षण’ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले नियन्त्रणमा लिनुपूर्व अस्मिताले न्युज २४ लाई अन्तरवार्ता दिन लागेकी थिइन् । एक प्रहरी अधिकृतले अनलाइनखबरसँग भने, ‘अनुसन्धानलाई प्रभाव पार्ने र आफ्नो पक्षमा जनमत सिर्जना गर्ने गरी ती युवतीसँग अन्तरवार्ता लिन खोजेपछि उनलाई संरक्षणमा राखिएको हो ।’

कानुन

मुलुकी फौजदारी कार्यविधि नियमावली,२०७५ अनुसार कसैलाई पनि पक्राउ गर्नका लागि पक्राउ पूर्जी जारी गर्ने अनुमति अदालतबाट लिनुपर्छ। जरुरी पक्राउ पुर्जी भनेको त्योभन्दा अर्जेन्ट अवस्थामा पक्राउ गर्नका लागि अपनाइने प्रक्रिया हो। यसका लागि पनि स्वीकृतिका लागि अदालतमा पेश गर्नुपर्छ। नियमावलीमा भएको व्यवस्था यस्तो छ

रवि कति दिन हिरासतमा ?

प्रहरीले अब बयान गराउने, कागज गराउने जस्ता प्रक्रिया गर्नेछ। यसका लागि कति समय लाग्छ अहिले नै यकिन भन्न सकिन्न। यो ११ दिनसम्ममा प्रारम्भिक अनुसन्धान र टेक्निकल अनुसन्धान भइसकेको हुनाले धेरै समय नलगाउन पनि सक्छ प्रहरीले। वा यही मौका हो भनी कसैको रिस भए त्यसलाई फेर्न उनलाई लामो समय थुन्ने सम्भावना पनि नहोला भन्न सकिन्न।

भोलि शुक्रबार अदालतमा पेश गरी प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्न केही दिनको म्याद लिनसक्छ। बढीमा २५ दिनसम्म यसरी हिरासतमा म्याद थप्दै राख्न सकिन्छ। यसका लागि अदालतले अनुमति दिनु पर्छ। अथवा अदालतले रविलाई हिरासतमा राखेर अनुसन्धान गर्न जरुरी छैन भनेर अनुमति नदिन पनि सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *