ट्राफिक प्रहरीलाई रक्षा बन्धन

समाज
588 Shares
  • साङ्गे शेर्पा

काठमाडौं । पहिलो पाइला नेपाल, काठमाडौ शाखाले जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर ट्राफिक प्रहरीहरुलाई रक्षा बन्धन बाँधिदिएको छ ।

सुरक्षाको कामना गर्दै पहिलो पाइलाले रक्षा बन्धन कार्यक्रम सम्पन्न गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरबाट सुरु भएको कार्यक्रम माइतीघर मण्डलासम्म पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा करिब ५० जना ट्राफिक प्रहरीलाई रक्षा बन्धन बाँधिएको थियो ।

कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक सुरेश कुमार ठाकुरले आफ्नो घरमा दिदिबहिनीको हातबाट रक्षा बन्धन लगाउन नपाए पनि यस्ता कार्यक्रमले पारिवारिक अनुभुती दिलाएको उल्लेख गरे । यस्तो कार्यक्रमले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई समेत थप हौसला दिएको उनले बताए ।

कार्यक्रममा पहिलो पाइला नेपालका केन्द्रीय उपाध्यक्ष बिष्णुराज महत, केन्द्रीय सह कोषाध्यक्ष विशाल जङ्ग बस्नेत लगायत अन्य सदस्यको उपस्थिति थियो । ‘राष्ट्रसेवकसँग रक्षाबन्धन’ अभियानअन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको पहिलो पाइला नेपाल, काठमाडौ शाखाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *