तीजमा सरिताले बबाल मच्चाउने (भिडियो)

मनोरञ्जन
87 Shares

काठमाडौं । चर्चित गायिका सरिता प्रजापतिको तीज गीत सार्वजनिक भएको छ ।

हरितालिका अर्थात तीज नेपली महिलाहरुको महान चाड हो । नेपाली चाडपर्वमध्ये तीज विशेषतः महिला लक्षित पर्व भएकाले महिलावर्गामा यस चाडले छुट्टै रौनकता प्रदान गर्ने गर्दछ । तीज नजिकिदै गर्दा बजारमा तीजसँग सम्बन्धित विभिन्न गीतहरु सार्वजनिक हुने गरेका छन् ।

यसैक्रममा गायिका सरिता प्रजापतिले पनि तीजको गीत सार्वजनिक गरेकी हुन् । सरिताले हरेक बर्ष तीज विशेष गीत सार्वजनिक गर्ने गरेकी छिन् ।

यस पटकको तीजमा उनले तीजमा बबाल मच्चाउँछु बोलको गीत सार्वजनिक गरेकी हुन् । गीतमा दिनेश कंडेलको शब्द र चर्चित युवा संगितकार अनिश श्रेष्ठको संगीत रहेको छ । गीत सुन्दर लामाले एरेन्ज गरेका हुन् ।

सुमनजंग केसीले निर्देशन गरेको भिडियोमा दिपीका, सरु र रोमाको मुख्य अभिनय रहेको छ । दिनेश पराजुलीले खिचेको भिडियो सुरेश राउतले सम्पादन गरेका हुन् ।

गीत हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *