काठमाडौंमा राष्ट्रिय युवा अधिकार महाभेला

समाचार
61 Shares

काठमाडौं । युवा क्षेत्रमा काम गर्ने विभिन्न संघ-संस्थाद्वारा आयोजित सप्ताहाव्यापी ‘राष्ट्रिय युवा अधिकार महाभेला २०७६’ सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय युवा दिवस २०१९ का अवसरमा युथ एडभोकेसी नेपाल, राष्ट्रिय युवा महासंघ नेपाल, राष्ट्रिय अपाङ्ग युवा संजाल नेपाल, दलित युथ एलाईन्स, फोर एच नेपाल, युनाइटेड युथ लगायतका ३५ वटा भन्दा वढी गैर सरकारी संस्थाले राजधानीको अनामनगरमा कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले महाभेलाबाट पारित घोषणा पत्र आफूलाई उपलब्ध गराउन अनुरोध गरे । मन्त्री विश्वकर्माले सुशासन, विकास र समृद्धिको राष्ट्रिय अभियानमा युवाहरूलाई एकजुट हुन पनि आग्रह गरे ।

देशको भविष्य र आफ्ना आफन्तको शुखीको लागि युवाहरु स्वदेशमै बसेर परिश्रम गर्नुपर्नेमा मन्त्री विश्वकर्माले जोड दिए ।

कार्यक्रममा बोल्दै लोकदोहोरी गायक पशुपति शर्माले समाजिक जनचेतना र वस्तुस्थितिका बारेमा आफूले गीत गाएको भन्दै आफ्ना रचनाहरूलाई व्यङ्ग्यत्मक रुपमा ग्रहण गर्न आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल, सेसी ईन्टरनेसनलका राष्ट्रिय निर्देशक सिताराम भट्ट, गैर सरकारी संस्था महासंघका अध्यक्ष जित बहादुर लामा, संकल्पका अध्यक्ष लिली थापा, राष्ट्रिय युवा अधिकार महाभेलाका संयोजक महेन्द्र थापा लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *