बालिका बलात्कारको आरोपमा महानगरका कर्मचारी पक्राउ

Breaking
19 Shares

काठमाडौं । ११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौंमा एक जना व्यक्ति पक्राउ परेका छन् ।

बलात्कार आरोपमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् ।

बाबुराजाले छिमेकमा बस्ने ११ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेका आफन्तले आरोप लगाएका छन् ।

पीडितको उजुरीको आधारमा उनलाई आइतबार अनामनगरबाट पक्राउ गरेर महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबर्जस्ती करणी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

बाबुराजा काठमाडौं महानरपालिकाका स्थायी कर्मचारी हुन् । उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *