काठमाडौंमा रातभर बर्षापछि बागमतीमा बाढी (भिडियो)

समाज
29 Shares
  • बेदबहादुर तामाङ (अनिल) 

काठमाडौं । काठमाडौं उपत्यकामा गएराति निरन्तर बर्षा भयो । बर्षापछि काठमाडौंमा रहेका खोला तथा नदीहरुमा पानीको बहाव बढेको थियो ।

यसैक्रममा बागमती नदीमा पानीको बहाव निकै बढेको थियो ।

रातभरी निरन्तर बर्षा भएपछि नदी आसपास बसोबास गर्ने समूदाय निकै त्रासमा रहेका थिए । तर, बाढी आए पनि कुनै किसिमको क्षति भने भएन ।

बागमतीमा बाढी

अविरल बर्षापछि बागमतीमा बाढी

Posted by CEC tv nepal on Sunday, August 11, 2019

यस्तो छ तीन दिनको मौसम
आइतबारको मौसम

आइतबार दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना छ । त्यस्तै देशको पहाडी भू–भागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आइतबार राति सामान्यतया वदली रही पश्चिम, पूर्वी र मध्यका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै पहाडी भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

सोमबारको मौसम

सोमबार दिउँसो पश्चिम, पूर्वी र मध्यका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने तथा पहाडि भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार सोमबार राति सामान्यतया वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ तथा पूर्वी पहाडी भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मंगलबारको मौसम

मंगलबार दिउँसो देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने र पूर्व र मध्य पहाडि भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मंगलबार राति केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ ।

सावधानी

आगामी २४ घण्टामा देशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेकोले त्यसबाट बँच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *