समृद्धि कलेजको ‘समृद्धि फेस्ट’

समाचार
279 Shares

भक्तपुर । लोकन्थलीस्थित समृद्धि कलेजले पहिलो पटक ‘समृद्धि फेस्ट’ कार्यक्रम आयोजना गरेको छ।

‘बाइ दी स्टुडेन्ट,फर दी स्टुडेन्ट, टु दी स्टुडेन्ट’ मूल नाराको साथ कलेजले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कलेजका विद्यार्थीको उल्लेख्य सहभागिता थियो । कार्यक्रमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुले संस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

संस्कृतिक कार्यक्रमसँगै विद्यार्थीहरुले शैक्षिक सामग्रीको स्टल प्रर्दशनीमा राखेका थिए ।

विद्यार्थीमा बैद्धिक शिक्षाका साथ साथै व्यावहारिक जीवनमा आवश्यक शिक्षा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक रमेश हमालले बताए ।

त्यस्तै बिएसडब्लु अध्ययनरत सरु खड्काले यस्ता कार्यक्रमले विद्यार्थीलाई कार्यक्रम व्यवस्थापन, प्रायोजन जुटाउने तथा व्यावहारिक ज्ञान दिने कुरामा सघाउ पुर्याउने बताउँछिन् ।

समृद्धि एजुकेशनल फाउन्डेसनका सिइओ नरेशप्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सुरु गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *