पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन

विश्व
25 Shares

भारतका पूर्व विदेशमन्त्री एवम् भारतीय जनता पार्टीका वरिष्ठ नेतृ सुस्मा स्वराजको निधन भएको छ । उनको हृदयघाटका कारण मंगलबार राती ६७ वर्षको उमेरमा निधन भएको हो ।भारतीय सञ्चार माध्यामहरुका अनुसार उनलाई मुटुमा समस्या भएपछि एम्स अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।

उनको मुटुमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो। डाक्टरहरूको टोलीले निरन्तर उनको अवस्था अनुगमन गरिरहेको थियो ।

स्वराजको दुई वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।

उनी नरेन्द्र मोदीको अघिल्लो मन्त्रिपरिषदमा विदेश मन्त्री थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *