घर-घरमा पसेर चोरी गर्ने गिरोह पक्राउ

समाज
1 Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित डल्लु क्षेत्रमा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

कोठमा कोही नभएको मौका छोपेर दिउँसोमो समयमा ताला फोडी गरगहना, नगद, ल्यापटप, मोवाइल लगायतका सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा किरण तामाङ्ग, सुगम तामाङ्ग, निराजन रोकाया, कुसल रत्न तुलाधर, नितेस कार्की लगायतका छन् ।

चोरी घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा यही साउन १७ गते निजहरुलाई दशी प्रमाण तथा लागूऔषधसहित पक्राउ गरिएको सामुदायिक साझेदारी वृत्त स्वयम्भुले जानकारी दिएको छ ।

उनीहरुको साथबाट चरेश १२९ ग्राम र नाइट्राभेट ट्याब्लेट १२० पिस बरामद भएको प्रहरीले बताएको छ । प्रहरीका अनसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *