‘सिधा कुरा जनतासँग’ कार्यक्रममा काम गरेका पत्रकार मृत फेला

समाचार
18 Shares

भरतपुर । माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् ।

चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् ।

उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए ।

खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए ।

उनले मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए ।

यसअघि उनी न्यूज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत गरेका थिए ।

उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *